काठमाडौं । बिहीबार छापावाला सुनको मूल्य बिना परिवर्तन स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँमै कारोबार भइरहेको छ । बुधवार तोकिएको मूल्यलाई नै निरन्तरता दिइएको महासंघले जनाएको छ ।
यद्यपि, चाँदीको भाउ भने आज वृद्धि भएको छ। साताको पाँचौ कारोबार दिन चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २ हजार ९८० रुपैयाँमा निर्धारण गरिएको छ । बुधवार चाँदी प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजार तथा विनिमय दरको उतार–चढावअनुसार मूल्य फेरबदल हुने भएकाले उपभोक्तालाई आवश्यक अपडेट लिएर कारोबार गर्न आग्रह गरेको छ ।








Comments are closed.