काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँ पुगेको छ, जुन आइतबारको तुलनामा २ हजार ९०० रुपैयाँले वृद्धि हो। सुनको मूल्य लगातार चौथो दिन बढेको हो ।
यसैगरी, चाँदीको मूल्यमा पनि ५० रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।








Comments are closed.