lcci festival

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला २ हजार रुपैयाँले घटेको हो भने चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँले ओरालो लागेको छ ।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि शुक्रबार घटेको छ । यस दिन चाँदी प्रतितोला ४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ८० रुपैयाँमा खरिद–बिक्री भएको थियो । यद्यपि, मूल्यमा गिरावट आए पनि चाँदीको मूल्य हालसम्मकै उच्च तहमा नै रहेको व्यवसायीहरूले बताएका छन् ।

You might also like

Comments are closed.