काठमाडौं । आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । यससँगै आज सुनको मूल्य तोलामा २ लाख ६७ हजार ५ सय रुपैयाँ कायम भएको हो ।
हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ६८ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो । यो हालसम्मकै उच्च मूल्य थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा ४४ सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४४ हजार २० रुपैयाँमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य थियो ।




Comments are closed.