काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । सुनको मूल्य आज एकै दिन प्रतितोला एक हजार १०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला १२० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। सो दिन एकैपटक सुनको मूल्य प्रतितोला ७ हजार ९०० रुपैयाँले घटेको थियो ।
आज चाँदीको मूल्य प्रतितोला १२० रुपैयाँले घटेको हो । आजको बजारमा चाँदी प्रतितोला ४ हजार ४७० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । मंगलबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ५९० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।



Comments are closed.