बढ्यो सुनचाँदीको मूल्य, कारोबार रकम कति ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा २८ सयले बढेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन तोलामा दुई लाख ६७ हजार ८ सय कायम थियो । यस्तै, चाँदीको मूल्य पनि तोलामा २१० रुपैयाँले बढेको छ । यससँगै एक तोला चाँदीको मूल्य ४ हजार ९ सय ९० रुपैयाँ पुगेको छ ।

यसअघि शुक्रबार चाँदीको मूल्य तोलाको चार हजार ७ सय ८० रुपैयाँ कायम थियो ।

You might also like

Comments are closed.