घट्यो सुन र चाँदीको मूल्य कतिमा हुँदैछ कारोबार ?

काठमाडौैं । बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ३ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबारको बजारमा सुन प्रतितोला ३ लाख एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी तोलाको ४ हजार ८८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

You might also like

Comments are closed.