घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले घटेको हो ।

यससँगै आज सुनको मूल्य तोलामा ३ लाख १३ हजार ४ सय रुपैयाँ पुगेको छ । फागुन २० गते सुन प्रतितोला ३ लाख १७ हजार ६ रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ९५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ । फागुन २० गते चाँदी प्रतितोला ५ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।

You might also like

Comments are closed.