घट्यो सुनको मूल्य, कारोबार रकम कति ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँमा भइरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाा कायम थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९६० रुपैयाँ कायम भएको छ ।

You might also like

Comments are closed.