घटयो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सुन चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ३ हजारले घटेको छ । आज सुन तोलामा १ लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन तोलाको १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि घटेकोे छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै चाँदी २ हजार १४५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको २ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

You might also like

Comments are closed.