काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ १ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँले घटेको हो । सोमबार १ लाख ९७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँ घटेर २ हजार १६० रुपैयाँ कायम भएको छ । सोमबार भने २ हजार १६५ रुपैयाँ किनबेच भएको थियो ।
Comments are closed.