घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आईतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । सुनको मूल्य आज एकै दिन प्रतितोला दुई हजार १०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ५२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

You might also like

Comments are closed.