काठमाडौं । आज सुन चाँदीको मूल्य घटेको छ। नेपाली बजारमा आज सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घटेको हो । योसँगै प्रतितोला छापावाल सुन १ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी २ हजार ३३५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलामा २ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो ।
Comments are closed.