निरन्तर बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुनको मूल्य निरन्तर तेस्रो दिन बढेको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँ बढेको हो । सोमबार यस्तो सुन प्रतितोला १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ। सोमबार तोलाको २ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।

You might also like

Comments are closed.