काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ।
शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोवार भएको छापावाला सुनको मूल्य आइतबार ९४ हजार ३ सय रुपैयाँ पुगेको छ ।
यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँ मा कारोवार भएकोमा आइतबार रु ९३ हजार ८ सय रुपैयाँमा कारोवार भएको छ ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार २ सय १० रुपैयाँमा कारोवार भएको छ ।
Comments are closed.