सोमबार पनि सुनको मूल्य ओरालो, १५ दिनमा कति घट्यो ?

काठमाडौं । स्थानीय बजारमासोमबार सुनको मूल्य पुनः ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ ले ओरालो लागेको छ ।

मङ्सिर १ गतेदेखि लगातार ओरालो लागेको सुन आजसम्म आइपुग्दा ५ हजार १ सय रुपैयांले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । छापावाला सुन आज प्रतितोला ९० हजार रुपैयाँमा कारोवार भएको छ । आइतबार छापावाला सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँ मा कारोवार भएको थियो ।

तेजाबी सुन पनि प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोवार भएको छ । आइतबार प्रतितोला ९० हजार २ सय मा कारोवार भएको थियो । आइतबारको तुलनामा तेजाबी सुन प्रतितोला ६५० रुपैयाले घटेको हो ।

jutta mela

यस्तै चाँदीसमेत आज प्रतितोला ३० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार १५० रुपैयाँमा कारोवार भएको चाँदी आज प्रतितोला एक हजार १२० रुपैयाँमा खरीदबिक्री भईरहेको छ ।

You might also like

Comments are closed.