काठमाडौं । आज बुधबार सुनचाँदीकोे मूल्य वृद्धि भएको छ । सुन प्रतितोला ७ हजार २सय रुपैयाँ र चाँदी प्रतितोला २ सय ५ रुपैयाँले वृद्धि भएको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार र चाँदीको मूल्य ५ हजार २५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य ४ हजार ८२० रुपैयाँ कायम भएको थियो ।






Comments are closed.