काठमाडौं । आज आइतबार सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ । सुन प्रतितोला २ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार १ सय रुपैयाँ र चाँदीको मूल्य ४ हजार ९७५ रुपैयाँकायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँर त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ९६० रुपैयाँ कायम भएको थियो ।






Comments are closed.