घट्यो सुनचाँदीको मूल्य 

काठमाडौं । आज शुक्रबार सुनचाँदीकोे मूल्य घटेको छ । बिहबिारको तुलनामा आज सुन प्रतितोला ३ हजार रुपैयाँ र चाँदी  १ सय २० रुपैयाँले घटेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य ५ हजार १ सय ३० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।
हिजो बिहीबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य  ५ हजार २५० मा कारोबार भएको थियो ।
You might also like

Comments are closed.