बुधबार बढ्यो सुनको मूल्य, कारोबार मूल्य कति ?

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले उकालो लागेको छ । छापावाला सुन मंगलबारका तुलनामा प्रतितोला ५ सय रुपैया ले वृद्धि ९१ हजार रुपैयाँमा कारोवार भएको छ ।

छापावाला सुन मङ्गलबार प्रतितोला ९० हजार ५ सय रुपैयाँ मा कारोवार भएको थियो । सोमबारको तुलनामा आजसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ ।

यस्तै तेजाबी सुनसमेत प्रतितोला ५ सय रुरुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । प्रतितोला ९० हजार ५० रुपैयाँमा मङ्गलबार कारोवार भएको तेजाबी सुन बुधबार भने ९० हजार ५५० रुपैयाँमा कारोवार भएको छ ।

बुधबार चाँदी प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोवार भएको छ । मङ्गलबार चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोवार भएको थियो । चाँदी प्रतितोला ३० रुपैयाँले वृद्धि भएको छ ।

You might also like

Comments are closed.