बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज (मंगलबार) छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँमा खरिद बिक्री भएको छापावाल सुनको मूल्य आजका लागि ३ लाख ११ हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, सोमबार प्रतितोला ५ हजार ३५५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि ५ हजार ४०५ निर्धारण भएको छ । रासस

You might also like

Comments are closed.