घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य  प्रतितोला ५  हजार १ सय रुपैयाँ र चाँदीको मूल्य  ९० रुपैयाँले घटेको हो ।
आज प्रतितोला सुनको मूल्य २ लाख ८६ हजार ७ सय रुपैयाँ  कायम भएको छ र चाँदीको मूल्य ४ हजार ६५० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार १ सय र त्यति नै परिमाणको सेतो धातु ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
You might also like

Comments are closed.