काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । आएतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेको हो ।
आइतबार प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ लाख ९८ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १२० ले बढेको छ । आइतबार प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ हजार १५ निर्धारण भएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार ३२९ दशमलव ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।







Comments are closed.