बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा सुन प्रतितोला ७ हजार २सय रुपैयाँ र चाँदी १६५ रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला २ लाख ९० हजार ७ सय रुपैयाँ चाँदी प्रतितोला ४ हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ र चाँदी ४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १७९ र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.