काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन प्रतितोला ४ सय रुपैयाँले बढेको छ भने चाँदी ९० रुपैयाँले घटेको छ ।
आज प्रतितोला छापावाल सुनको मूल्य २ लाख ८५ हजार २ सय रुपैयाँ र त्यति नै चाँदीको मूल्य ४ हजार ३२५ रुपैयाँनिर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो प्रतितोला सुन २ लाख ८४ हजार ८ सय रुपैयाँ र चाँदी ४ हजार ४१५ मा खरिदबिक्री भएको थियो ।






Comments are closed.