काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन प्रतितोला १ हजार ६ सय रुपैयाँ र चाँदी ६० रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ र चाँदी ४ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासले जनाएको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५२ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



Comments are closed.