घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन प्रतितोला १ हजार ८ सय रुपैयाँ र चाँदी  ४५ रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ र चाँदी ४ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार र चाँदीको मुल्य ४ हजार ३६० कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६३ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।
रासस
You might also like

Comments are closed.