काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । छापावाल सुनको मूल्य आज प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेर ४ हजार ६४५ रुपैयाँ पुगेको छ ।
Comments are closed.