बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य तोलामा ६ हजार ४ सय रुपैयाँले बढेको छ भने चाँदी १ सय १० रुपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँ र चाँदीको मूल्य ४ हजार ७ सय ८० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँ र चाँदीको मूल्य ४ हजार ६ सय ७० कायम थियो ।
रासस

You might also like

Comments are closed.