काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य २६० रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । असली चाँदीको मूल्य प्रतितोला ४ हजार ८५५ निर्धारण भएको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५१२ र चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
रासस



Comments are closed.