बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य १३० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँ कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला ४ हजार ९८५ रुपैयाँ निर्धारण भएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५४०।१८ र चाँदी ६८।९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
रासस

You might also like

Comments are closed.