बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको हो । असली चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अनुसार छ । असली चाँदीको मूल्य प्रतितोला ४ हजार ९७५ रुपैयाँ निर्धारण भएको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६२३ र चाँदी ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
रासस
You might also like

Comments are closed.