सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रति तोला २ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ र चाँदीको मूल्य ४ हजार ६२५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य ४  हजार ६८५ रुपैयाँ कायम भएको थियो ।
You might also like

Comments are closed.