काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य ११५ रुपैयाँले घटेको हो ।
आज मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ र चाँदीको मूल्य ४ हजार ३९५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँ र चाँदीको ४ हजार ५१० रुपैयाँ कायम थियो ।



Comments are closed.