काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ ।
आज मङ्गलबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य ३ हजार ९७० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सोमबार छापावाल सुन प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँ र चाँदीको मूल्य ३ हजार ९९५ रुपैयाँ कायम भएको थियो ।
रासस






Comments are closed.