घट्यो  सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ३ हजार २ सय रुपैयाँ र चाँदी १०५ रुपैयाँले घटेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँ  र चाँदीको मूल्य प्रतितोला ३ हजार ८२५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ र चाँदी ३ हजार ९३० मा कारोबार भएको थियो ।
You might also like

Comments are closed.

Secret Link