काठमाडौं । स्थानीय बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको छ ।
आज छापावाल सुन प्रतितोला २ लाख ५७ हजार ६ सय रुपैयाँ र चाँदी ३ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँ र चाँदी ३ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।






Comments are closed.