बढ्यो सुनको मूल्य, कारोवार मूल्य कति ?

 

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले उकालो लागेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोवार भएको छापावाला सुन मंगलबार ९० हजार १ रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

तेजाबी सुन सोमबार तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोवार भएकामा आजका लागि भने ८९ हजार ६५० रुपैयाँमा कारोवार भएको छ ।
चाँदीको मूल्यमंगलबार २५ रुपैयाँले वृद्धि भएको छ । तोलामा १ हजार ३३५ रुपैयाँमा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३६० रुपैयाँ मूल्य कायम भएको छ ।

chhala jutta mela

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...