काठमाडौं । साताको शुरुवात सँगै सुनको मूल्य बढ्ने क्रम जारी छ । सोमबार पनि सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य ५ सय रुपैयाँ बढेको हो ।
आइतबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँ रहेको छापावाला सुनको मूल्य सोमबार ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य पनि प्रतितोला ५ सय रुपैयाँ बढेर ९७ हजार ७ सय रुपैयाँ पुगेको छ । सोमबार चाँदीको मूल्य १० रुपैयाँ बढेको छ । चाँदीको मूल्य १ हजार २ सय ८५ रुपैयाँ रहेको छ ।
Comments are closed.