बढ्यो सुनको मूल्य, कतिमा भईरहेको छ कारोवार ?

 

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आइतबार तोलामा ४ सय रुपैयाँले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन छापवाला सुन प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको छ । शुक्रबार छापवाला सुन प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोवार भएको थियो ।

तेजाबी सुन प्रतितोला ८६ हजार १५० रुपैयाँमा कारोवार भइरहेको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ८५ हजार ७५० मा कारोवार भएको थियो ।

आइतबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला १ हजार २७० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

You might also like

Comments are closed.