मंगलबार पनि बढ्यो सुनको मूल्य, कारोबार मूल्य कति ?

 

काठमाडौं । मंगलबार पनि सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९३ हजार ४ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ रहेको छ । मंगलबार चाँदीको मूल्य ३५ रुपैयाँ बढेर कारोबार मूल्य १ हजार ३ सय ९० रुपैयाँ रहेको छ ।

You might also like

Comments are closed.