सुनको मूल्य घट्यो, कारोबार मूल्य कति ?

 

काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार १ सय रुपैयाँ घटेको छ ।

बुधबार छापावाला सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य पनि १ सय रुपैयाँ घटेर ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ घटेर १ हजार ३ सय ७० रुपैयाँ रहेको छ ।

You might also like

Comments are closed.