सुनको मूल्यमा भारी गिरावट, कतिमा भईरहेको छ कारोबार ?

 

काठमाडौं । शुक्रबार सुनको मूल्यमा भारी गिरावट आएको छ  । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य १ हजार ५ सय रुपैयाँ घटेको हो ।

बिहीबार प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य ३५द रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँ रहेको छ ।

You might also like

Comments are closed.