काठमाडौं ।सोमबार सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ घटेको हो ।
आइतबार छापावाला सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य ५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ५० रुपैयाँ रहेको छ ।
Comments are closed.