काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ बढेको हो ।
बिहीबार प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार प्रतितोला ९५ हजार २ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य पनि प्रतितोला ३ हजार ४ सय रुपैयाँ घटेर ९४ हजार ७ सय रुपैयाँ पुगेको छ । शुक्रबार चाँदीको मूल्य स्थिर छ । चाँदीको मूल्य प्रतितोला १ हजार २ सय २० रुपैयाँ छ ।
Comments are closed.