सोमबार सुनको मूल्य कति ?

 

काठमाडौं । सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला १ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला ९१ हजार ६०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर १ हजार २२० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।

 

You might also like

Comments are closed.