सुनचाँदीको मूल्यमा सामान्य गिरावट

 

काठमाडौं । सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर ९१ हजार ९ सय कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँ तोकिएको छ यसको मूल्य सोमबार प्रतितोला ९१ हजार ५ सय थियो ।

jutta mela

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २०५ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९० डलर आसपास कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.