बिहीबार घट्यो सुनको मूल्य, कतिमा भईरहको छ कारोवार ?

 

काठमाडौं । सुनको मूल्यमा बिहीबार गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ । सोही कारण बिहीबार स्थानीय बजारमा समेत सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारछापावाला सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार १०० रुपैयाँमा थियो । ।

त्यसैगरी तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोवार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला रु ९४ हजार ६०० मा कारोवार भएको थियो । यस्तै चाँदी भने प्रतितोला एक हजार २१५ रुपैयाँमा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २३० रुपैयाँमा कारोवार भएको थियो । बुधबारको तुलनामा चाँदी प्रतितोला रु १५ ले घटेको हो ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.