शुक्रबार घट्यो सुनको मूल्य

 

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोवार भएको छ । बिहीबार छापावाला सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोवार भएको छ । बिहीबार प्रतितोला ९१ हजारमा कारोवार भएको थियो ।
चाँदी प्रतितोला एक हजार १६५ रुपैयाँमा कारोवार भएको छ ।

बिहीबारको तुलनामा चाँदी प्रतितोला १० रुपैयाँले ओरालो लागेको हो । बिहीबार चाँदी प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोवार भएको थियो ।

You might also like

Comments are closed.