बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । शुक्रबार पनि सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो।

शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला १ लाख १८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

You might also like

Comments are closed.